रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ५ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) को आयोजनामा जनताभेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा पार्टीका नगर सभापति मणिराज बटालासहित विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जनताभेटघाट कार्यक्रममा स्थानीय नागरिकहरूले प्रत्यक्ष रूपमा आफ्ना समस्या, गुनासा तथा सुझावहरू राखेका थिए।


प्रमुख अतिथि शर्माले कार्यक्रममा बोल्दै जनताको भावना र आवश्यकता अनुसार राजनीति अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले जनतासँग प्रत्यक्ष संवाद नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै विकास, सुशासन र सामाजिक न्यायका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नगर सभापति मणिराज बटालाले जनताभेटघाट कार्यक्रमले पार्टी र जनताबीचको सम्बन्ध थप मजबुत बनाएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय