आठबिसकोट नगरपालिका, रुकुम पश्चिमले वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भण्डारीलाई उपचार खर्चबापत १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाका अनुसार उक्त निर्णय नगर कार्यपालिकाको बैठकबाट गरिएको हो। बैठकले वडा अध्यक्ष भण्डारीको स्वास्थ्य उपचारका लागि आवश्यक सहयोग स्वरूप उक्त रकम प्रदान गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ। मिति २०६२/०५/२४ गते सांघातिक हमला भएको र अस्पतालमा खर्च भएको रकम नगरपालिकाले तिरिदिने भनी निर्णय गरिएको छ। तर दुर्घटना भएको र दुर्घटनामा दुवै पक्ष घाइते भएको बताइएपनि नगरपालिकाले राज्यको रकम दुरुपयोग गरेर यसरी पैसा दिने निर्णय गरेको पाइएको छ।
नगर कार्यपालिकाले जनप्रतिनिधिको स्वास्थ्य समस्याका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नियमअनुसार उपचार खर्च उपलब्ध गराइएको स्पष्ट पारेको छ। साथै, यस निर्णयले जनप्रतिनिधिहरूको कार्यक्षमता र सेवामा निरन्तरता कायम राख्न सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ।
आफु माथि आक्रमण भएको भन्दै वडा अध्यक्ष भण्डारीले अस्पतालको लागत खर्चको क्षतिपुर्ती सहित स्थानीय युवक विरुद्ध उजुरी दिएका थिए। उनी बिरुद्ध उपचार खर्च सहित निवेदन दिएर फेरी यता नगरपालिकाले पनि १ लाख ५० हजार दिने निर्णय गरेको अहिले विवादमा आएको छ। उक्त कार्यपालिकाको निर्णय भने नगरपालिकाले अहिले सम्म पनि सार्वजनिक गरेको छैन . पछिल्लो समय आठबिसकोटमा जनप्रतिनिधीहरु लाई उपचार खर्च भन्दै जनाताले तिरेको करको दुरुपयोग गर्दै आएका छन्।








