रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० मा प्रगतिशील लोकतान्त्रिक पार्टीको वडा स्तरीय भेला सफलतापूर्वक सम्पन्न भएको छ। ‘उन्नत विचारशीलताको विकल्प’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलामा पार्टी नेता गोरखबहादुर केसी सन्देशले देशको वर्तमान राजनीतिक अवस्था, स्थानीय तहका विकासका चुनौती र तिनको समाधानबारे आफ्ना विचार प्रस्तुत गर्दै जनमुखी, पारदर्शी र जवाफदेही राजनीतिक अभ्यासको आवश्यकता औंल्याए।

कार्यक्रममा संगठन विस्तार, वडा तहमा पार्टी संरचना थप सुदृढ बनाउने र जनसम्पर्क अभिवृद्धि गर्ने विषयमा पनि गहन छलफल गरिएको थियो। भेलाले पार्टीलाई स्थानीय तहमा अझ बलियो बनाउँदै आगामी राजनीतिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय