रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ९ मा लामो समयदेखि नाली जाम हुँदा स्थानीय बासिन्दा गम्भीर समस्यामा परेका छन्। नाली व्यवस्थापन नहुँदा वर्षायाममा पानी थुनिने अवस्था सिर्जना भई घर डुबान, बाटो भत्किने तथा जनजीवन प्रभावित हुने जोखिम बढेको दिपक बटालाको गुनासो छ।
बटालाका अनुसार सडक छेउको नालीमा माटो, ढुंगा तथा फोहोर थुप्रिँदा पानीको निकास पूर्ण रूपमा अवरुद्ध भएको छ। पटक–पटक नगरपालिकालाई मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उहाँको आरोप छ।

अब पनि नगरपालिकाले समस्या समाधानतर्फ चासो नदेखाएमा बाध्य भएर आठबिसकोट नगरपालिका कार्यालय घेराउसम्मको आन्दोलन गर्नुपर्ने चेतावनी स्थानीयवासीले दिएका छन्। समयमै नाली सफाइ तथा दीर्घकालीन व्यवस्थापन गरी सुरक्षित पानी निकासको व्यवस्था गर्न उनीहरूले नगरपालिकासँग माग गरेका छन्।

स्थानीयले भने, “समस्या झन जटिल बन्दै गएको छ, अब पनि बेवास्ता गरियो भने ठूलो क्षति हुन सक्छ, त्यसको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिनुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय