कास्की — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कास्की जिल्लाअन्तर्गत प्रथम वडा अभिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अभिवेशनलाई सम्बोधन गर्दै रास्वपाकी नेतृ सोबिता गौतमले पार्टीको मूल उद्देश्य सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिको स्थापना रहेको बताउनुभयो।

संबोधनका क्रममा नेतृ गौतमले पुराना राजनीतिक अभ्यासले जनतामा निराशा बढाएको उल्लेख गर्दै अबको विकल्प रास्वपा भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “राजनीतिलाई सेवा र जिम्मेवारीको रूपमा लिनु आजको आवश्यकता हो। रास्वपाले यही सोचका साथ अघि बढिरहेको छ।”

उहाँले वडा तहदेखि नै संगठनलाई मजबुत बनाउँदै जनताको विश्वास जित्न कार्यकर्तालाई आग्रह गर्नुभयो। भ्रष्टाचार, कुशासन र अनियमितताविरुद्ध दृढ रूपमा उभिनुपर्ने धारणा राख्दै गौतमले जनताको समस्या संसद र सडक दुवै ठाउँमा उठाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रथम वडा अभिवेशनले स्थानीय तहमा पार्टी संगठन विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। अभिवेशनमा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय