रुकुम पश्चिमको मुसिकोटबाट स्यालाखदी जाँदै गरेको गाडी आज लैटारुख नजिकै दुर्घटना भएको छ। दुर्घटनामा गाडी धेरै तल खसेको छ। प्रारम्भिक रिपोर्ट अनुसार, ५ जनाको घटनास्थलमै मृत्यु भइसकेको छ।
थप रूपमा, अन्य व्यक्तिको पनि मृत्युको सम्भावना छ। दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि नजिकको अस्पताल सल्ले पठाइदै छ।
गाडी चालक टोपजङ बुढाको टाउकोमा ढुङ्गा लाग्दा अवस्था गम्बिर रहेको खबर प्राप्त भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, यो दुर्घटना गाडीमा अत्यधिक ओभरलोड भएको कारण भएको अनुमान गरिएको छ।
प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर आवश्यक कारबाही अघि बढाइरहेका छन्।







