कन्कर्ड, न्यू ह्याम्पशायर एनआरएनए एनसीसी–अमेरिका, न्यू ह्याम्पशायर च्याप्टरको आयोजनामा आउँदो नोभेम्बर १५, २०२५ मा भव्य भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
कार्यक्रम एनएचटिआई (NHTI), कन्कर्ड, न्यू ह्याम्पशायर मा हुनेछ र न्यू इङ्गल्यान्ड क्षेत्रका टोलीहरू बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूले नोभेम्बर ७, २०२५ भित्र दर्ता गर्नुपर्नेछ।
सहभागी टोलीबाट चार सय डलर प्रवेश शुल्क लिइनेछ भने पहिलो दर्ता हुने टोलीलाई प्राथमिकता दिइने आयोजकले जानकारी दिएका छन्। विजेता र उपविजेतालाई आकर्षक पुरस्कार पनि प्रदान गरिनेछ।
खेलकुदमार्फत नेपाली समुदायबीच आपसी सम्बन्ध र मित्रता सुदृढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको नारामै भनिएको छ । नेपालीका लागि, नेपालीद्वारा।
दर्ता तथा थप जानकारीका लागि सम्पर्क:
📞 प्रदीप कार्की – ४०१–६८८–६७६६
📞 सुदीप पन्त – ६०३–८५१–७५२९
📞 कमल ममार्जन – ६०३–२६४–२५४६







