बर्लिङटन, भर्मन्ट ।
भुटानीज चर्च अफ न्युएङ्गल्याण्ड (BCNE) को आयोजनामा अगस्ट २३, २०२५ मा बर्लिङटनस्थित सेन्ट पोल स्ट्रिटमा भव्य महिला सम्मेलन समारोह सम्पन्न भएको छ।

सम्मेलन समारोहमा मुख्य वक्ताको रूपमा पास्टर मनमाया राईले सम्बोधन गर्नुभएको थियो। विशेष अतिथि कलाकारका रूपमा भारतका एलबी बराइली उपस्थित भई स्तुति-आराधनामा योगदान दिनुभयो।

कार्यक्रममा एनएच वर्शिप चर्चले स्तुति-आराधना सञ्चालन गरेको थियो भने एल्डर कुमारी शंकरले नेतृत्व गर्नुभएको थियो।

“जो कोहीले मेरा वचनहरू सुन्छन् र त्यसलाई व्यवहारमा ल्याउँछन्, ऊ चट्टानमा घर बनाउने बुद्धिमान मानिस सरह हुन्छ” (मत्ती ७:२४) भन्ने बाइबल वचनलाई मूल विषय (थिम) बनाएर सम्मेलन समारोह सञ्चालन गरिएको थियो।

यस कार्यक्रममा सहभागी आमाहरुले आत्मिक जीवन, परिवार र समाजमा महिलाको भूमिकाबारे विशेष उत्साहवर्धन पाएका छन्। कार्यक्रममा निःशुल्क दर्ता गरिएको थियो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय