काठमाडौं, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अन्तर्गत रुकुम पश्चिम–काठमाडौँ सम्पर्क समन्वय समितिको आयोजनामा ‘प्रथम महिला भेला–२०८२’ हुने भएको छ। उक्त भेला २०७९ श्रावण १७ गते, शनिबार बिहान ११:०० बजे, काठमाडौंको अनामनगरस्थित सिलोटो क्याफेमा आयोजना हुने जानकारी आयोजक समितिले दिएको छ।
“सम्पूर्ण मुक्तिकामी महिला एक हौं” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा काठमाडौँ उपत्यकामा बसोबास गर्ने रुकुम पश्चिमका महिला कार्यकर्ताहरू, श्रमिक महिला, समाजसेवी, र क्रान्तिकारी आन्दोलनप्रति आस्था राख्ने महिलाहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
भेलाको उद्देश्य संगठन विस्तार, महिला सशक्तिकरण, वैचारिक जागरण, र आन्दोलनमा महिलाको अग्रणी भूमिका सुनिश्चित गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा क्रान्तिकारी विचारधाराको प्रचार–प्रसार, अनुभव आदान–प्रदान, र आगामी योजना निर्माणमा छलफल हुने छ।
कार्यक्रम विवरण:
मिति: २०८२ श्रावण १७ गते, शनिबार
समय: बिहान ११:०० बजे
स्थान: सिलोटो क्याफे, अनामनगर, काठमाडौं
कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले सबै सम्बन्धित पक्ष, विशेष गरी रुकुम पश्चिमका सम्पूर्ण महिला क्रान्तिकारीहरूलाई उपस्थित भई भेला सफल पार्न आह्वान गरेको छ।







