रुकुम पश्चिमकोआठबिसकोट नगरपालिका–९ स्थित औलिगाउँमा जन्मिएका मनिराज बटाला अहिले प्रगतिशिल लोकतान्त्रिक पार्टि आठबिसकोट का संयोजकका रूपमा सक्रिय राजनीति गर्दै आउनु भएको छ। अध्ययन र विद्यार्थी जीवनकालदेखि नै सामाजिक परिवर्तन र जनमुखी राजनीतिप्रति समर्पित रहनु भएका बटालाको राजनीतिक यात्रा उल्लेखनीय र प्रेरणादायी छ।
शैक्षिक पृष्ठभूमि र विद्यार्थी राजनीति
उहाँको प्रारम्भिक अध्ययन गाउँमै सम्पन्न भएपछी, उच्च शिक्षा अध्ययनको लागि उहाँ काठमाडौंस्थित सानोठिमी क्याम्पस पुग्नुभयो। पढाइसँगै उहाँ विद्यार्थी आन्दोलनमा समेत सक्रिय हुनुभयो। त्यही क्रममा उहाँ अनेरास्ववियू (नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन) को भक्तपुर जिल्लाको अध्यक्षमा निर्वाचित हुनुभयो। त्यो समय उहाँको नेतृत्व क्षमता र संगठनिक सीपको सुरुवातिक आधारशिला बन्यो। विद्यार्थी राजनीतिमा उहाँको योगदानले उहाँलाई केंद्रस्तरमै परिचित अनुहार बनायो।
गाउँमा फर्केर समाज रूपान्तरणको अभियान
शिक्षा र अनुभव हासिल गरेपछि मनिराज बटालाले आफ्नो गाउँ फर्केर राजनीति र सामाजिक रूपान्तरणको कार्यमा हात हाल्नुभयो। पार्टीका विविध संगठनहरूमा संलग्न रहँदै उहाँले गाउँस्तरमा शिक्षा, स्वास्थ्य, विकास र सामाजिक न्यायका पक्षमा निरन्तर आवाज उठाउँदै आउनु भएको छ। विशेषगरी गाउँका युवाहरुलाई राजनीतिमा जागरुक बनाउने कार्यमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ।
उहाँको राजनीतिक दृष्टिकोण सधैँ सकारात्मक र विकासमुखी रहँदै आएको छ। गाउँमा वर्षौँदेखि पिल्सिएका समस्याहरू शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी ,सबैप्रति उहाँको दृष्टिकोण स्पष्ट छ: “गाउँ आफै बदलिनुपर्छ, अरूमाथि भर नपरी।” बटालाको भनाइ छ।
२०८४ को स्थानीय निर्वाचन: नयाँ युगको थालनी
२०८४ सालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मनिराज बटाला अहिले व्यापक जनसंपर्क र संगठन विस्तारमा जुट्नुभएको छ। प्रगतिशिल लोकतान्त्रिक पार्टिको तर्फबाट नगरस्तरीय उम्मेदवारका रूपमा उहाँको नाम अग्रपंक्तिमा आउने सम्भावना देखिन्छ। पार्टीभित्रको सांगठानिक नेतृत्व, युवा पुस्ताको भरोसा, र स्थानीय जनताको प्रेमले उहाँलाई अत्यन्त सशक्त उम्मेदवारको रूपमा स्थापित गराएको छ।
उहाँको नेतृत्वमा नगर क्षेत्रमा वडास्तरीय समितिदेखि जनवर्गीय संगठनहरूसम्म सबै एकजुट हुँदैछन्। उहाँले भन्नुहुन्छ “राजनीति पदका लागि होइन, परिवर्तनका लागि हो। अब आठबिसकोटलाई अवसर र सम्भावनाको केन्द्र बनाउने समय आएको छ।”जनताको मन जितेका नेताको रूपमा उभिनुहुन्छ ।
गाउँका वृद्ध, महिला, किसान, शिक्षकदेखि युवासम्म सबै उहाँलाई ईमानदार, संवेदनशील र सकारात्मक सोच राख्ने नेताको रूपमा हेर्छन्। उहाँ कहिल्यै घमण्ड वा आडम्बरमा नअल्झिने, सधैं जनताबीच रमाउने व्यक्ति हुनुहुन्छ।
स्थानिय युवाहरूले उहाँलाई “गाउँको छोरी-बुहारी, दाजु-भाइ सबैको साझा अभिभावक” भन्ने गर्छन्। उहाँको घर सधैं सर्वसाधारणका लागि खुला हुन्छ । सहयोग, सुझाव, छलफल र साझा समाधानको थलो। मनिराज बटालाको राजनीतिक जीवन केवल पदको आकांक्षा होइन, जनताको मन जित्ने, गाउँ परिवर्तन गर्ने सपना हो। उहाँ जस्ता नेतृत्वहरूबाट प्रेरणा लिने र गाउँको भविष्यप्रति विश्वास गर्ने समय अहिले नै हो।







