रुकुम पश्चिमको आठबिसकोट नगरपालिका अन्तर्गत राडी बजारमा आज ठीक ११ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेमाथि भएको राजनीतिक प्रतिसोधको विरुद्धमा जनताको हस्ताक्षर संकलन कार्यक्रम हुन लागेको छ।
स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने नागरिक अधिकारको पक्षमा जनताको समर्थन जुटाउन आयोजना गरिएको यो कार्यक्रममा नगरवासीहरूलाई स्वेच्छिक रूपमा हस्ताक्षर गरिदिन हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रम आयोजकहरूका अनुसार, “यो कुनै दलविशेषको प्रचार होइन, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा गरिएको एक नागरिकिक कदम हो।”
उक्त कार्यक्रममा स्थानीय सर्वसाधारण, युवा, विद्यार्थी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।







