आठबिसकोट नगरपालिका वडा नं ५ को कार्यालयमा प्राविधिक कारणले रोकिएको राष्ट्रिय परिचयपत्र सेवा हिजो बिहानैदेखि पुनः सुचारु गरिएको छ।

वडा अध्यक्ष घनश्याम भण्डारीको सक्रिय पहलमा सेवा सञ्चालन भएपछि कार्यालयमा बिहानैदेखि सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। जनताको सेवा नै पहिलो प्राथमिकता हो भन्ने सोचका साथ कार्यालयले सेवा दिन थालेपछि स्थानीयवासीहरू उत्साहित देखिए।

हिजोको विवरण अनुसार ३०० जना नम्बर लेखन बाँकी, ३१ जना नयाँ बनाउन, र ७ जना कार्ड बुझ्न आएका गरी कुल ३३८ जनाले सेवा लिएका छन्।

सेवा पुनः सुरु भएलगत्तै ठूलो संख्यामा नागरिकहरू राष्ट्रिय परिचयपत्र बनाउन तथा बुझ्न कार्यालय पुगेका थिए। कतिपयले पहिल्यै बनिसकेको परिचयपत्रमा आवश्यक विवरण लेखाउने काम गराए भने नयाँ सेवाग्राहीले निवेदन दिएका थिए।

वडा अध्यक्ष घनश्याम भण्डारीको नेतृत्वमा वडा कार्यालय निरन्तर जनताको सेवामा समर्पित रूपमा कार्यरत रहेको छ। अझै पनि राष्ट्रिय परिचयपत्र नबनाएका वा छुट भएका नागरिकहरूलाई आज वडा कार्यालयमा उपस्थित भएर सेवा लिन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय