जाजरकोटको कुशे गाउँपालिकामा भूकम्प पीडितको अस्थायी टहरामा मंगलबार राति पहिरो गएको छ।

पहिरोमा परी ३ जना घाइते भएको बताइएको छ। जसमा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा छन् ।

घाइतेमध्ये हस्तिकाको अवस्था गम्भीर रहेको बताइको छ। उनीरूलाई हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लैजाने तयारी भइरहेको बताइएको छ।

गएराति करिब १० बजेको समयमा उनीहरु बसिरहेको ठाउँमा पहिरो गएको वडाध्यक्ष सिंहले जानकारी दिए । पहिरो जाँदै गर्दा खुट्टामा चोट लागेकी निरमायालाई टहराबाट निकाल्ने प्रयास गर्दा छिमेकी कल्पना पनि पहिरोको चपेटामा परेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय