नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेसको मोरङको संसदीय समिति बैठकले ग्रामथान गाउँपालिकामा हुन गइरहेको उप निर्वाचनमा सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। सरदार नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य हुन्।
बिहीबार बसेको कांग्रेसको मोरङको संसदीय समिति बैठकलेसरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । १७ जना आकांक्षीमध्येबाट सरदारलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
२०७९ सालको स्थानिय निर्वाचनमा ग्रामथान गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो। गच्छदार नेपाली कांग्रेसबाट ग्रामथानको अध्यक्षमा निर्वाचित भएका थिए । लोकप्रियता र योगदानका आधारमा सरदारलाई अध्यक्षको उम्मेदवार बनाइएको जनाइएको छ।







