आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ।
बैठकमा दिगो एवं विपद् संवेदनशील पूर्वाधार विकासको बारेमा छलफल तथा योजनावद्ध शहरीकरण तथा बस्ती विकासको बारेमा छलफल हुनेछ।
त्यस्तै बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।







