जर्मनीमा जारी युरोकपमा उपाधिको छिनोफानो आज लाग्दैछ। बर्लिनम आज राति १२ः४५ बजे हुने स्पेन र इंग्ल्यान्डबीचको खेलपछि उपाधिको छिनोफानो हुनेछ।
इंग्ल्यान्ड लगातार दोस्रो पटक फाइनल खेल्न लागेको हो भने स्पने सन् २०१२ पनि पहिलो पटक फाइलन पुगेको हो।
प्रतियोगिता भरनै स्पेन लयमा देखिएको छ। र, युरोकपमा उपाधिमा स्पेनको पक्षम पल्ला केही भारी छ। फाइनल यात्रामा क्रममा स्पेनले डिफेन्डिङ च्याम्पियन इटाली, आयोजक जर्मनी र उपाधिको बलियो दाबेदार फ्रान्सको चुनौती काटेको छ। त्यसैले उसलाई उपाधिमा ‘फेभरेट’ बनाएको हो।
यता, जारी प्रतियोतिगामा आफ्नो क्षमता अनुसार खेल्न नसेपनि इंग्ल्यान्डले लागतार दोस्रो पटक फाइनल खेल्दैछ। त्यसैले उसलाई कमजोर आँक्न भने मिल्दैन।
स्पेनले उपाधि जित्ने हो भने उसका लागि निको विलियम्स, रोड्री, फाबियन रुइ, लामिन यमाललगायतको प्रदर्शन मूख्य हुनेछ। यता, इंग्ल्यान्डका लागि भने जुड बेलिङघम, बुकायो साको, ह्यारी केन, फिल फोडेन लगायतको भूमिका महत्वपूर्ण हुनेछ।
स्पेन र इङ्ल्यान्ड सन् २०१८ यता पहिलो पटक एकापसमा भिड्न लागेका हुन् । अहिलेसम्म २७ खेल भएको छ। तीमध्ये इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित रहेको छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ ।







