बिनोद बटाला रुकुम पश्सिमको आठविसकोट नगरपालिकामा चाड पर्व नजिकिए सङ्गै वडा न ११ द्वारा वडाका बिभिन्न ठाउमाहरूमा रहेका पसलहरुको अनुगमण गरेका छन् ।
बुधवार देखि सुरु गरिएको अनुगमणमा वडाका जनप्रतिनिधी , कर्मचारी , नगर प्रहरी , नेपाल प्रहरि सहितको टोलिद्वारा अनुगमण गरिएको आठबिसकोट नगरपालिका वडा नम्बर ११ मा कार्यरत कृषि प्राबिधिक मनोज बिस्ट ले जनाए|

वडाका विभिन्न रक्षानमा रहि सन्चालनमा रहेका सबै किसिमका किराना पसल, मेडिकल , होटेल , मासु पसल, ग्यारेज तथा अन्य वडामा सन्चालित उध्योगहरुको अनुगमणको क्रममा धेरैजसो पसल ब्यबसाय दर्ता नगरि सन्चालनमा रहेको , नबिकरन नगरेको, र केहि पसलहरुमा म्याद गुज्रिएका सामानहरु राखेको , अबैधानिक तरिका बाट मदिरा बिक्री बितरन भएको र मुल्यशुची नराखेको भेटियको छन् |
यसरी सन्चालनमा रहेका व्यावसायहरुलाई तत्काल ब्यवसाय दर्ता गरि सन्चालन गर्न, मुल्यसुची अनिवार्य राख्न , व्यावसायिकहरुले नियमित नवीकरण गर्नसुझाब दिइएको छ ।
चाडबाडको अवसरमा हुन सक्ने कालो बजारी नियन्त्रण , व्यावसायिहरुलाई करको दायरामा ल्याउने साथै उपोभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्ने उदेश्यले बजार अनुगमण गरिएको बिस्टले जनाए |

बरामद गरियको सामान वडाका प्रतिनिधि , नगर प्रहरि , नेपाल प्रहरी , वडामा कार्यरत कर्मचारीको रोबरमा नष्ट गरेका छन् ।
स्प्राइट,९ बोतल,आलु चिप्स,१६,प्याकेज,खुर्सानी धुलो,४२ प्याकेज,कोल्गेज,१५० पिस,मसला,६पिस,आइडिक्स मलम,६ पिस,बेसार धुलो,४ पिस







