प्रधानमन्त्री केपी ओलीले सहकारीपीडितको डुबेको रकम फिर्ता गर्न सरकार गंभिर रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले कसरी पीडितको रकम फिर्ता गर्ने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको बताए। सिंहदरबारमा मंगलबार अयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्।
कतिपयले सहकारीको रकम अपचलन गरिसकेकाले डुबेको रकम फिर्ता गराउन केन्द्रित हुनुपर्ने पनि प्रधानमन्त्री ओलीले बताए।
‘सहकारी पीडितको डुबेको रकम फिर्ता हिनुपर्छ। त्यो बेला पैसा लियो चम्किइ चम्किइ खायो, खाएको त फिर्ता कसरी बनाउने भन्नेमा ध्यान गइरहेकोे छ । समस्या समाधान गर्न सरकार धेरै गम्भीर छ,’ ओलीले भने।







