राष्ट्रिय स्वतन्त्र पार्टीको पदीय जिम्मेवारीबाट निष्कासित भएका डा. मुकुल ढकालले आफू अहिले पनि पार्टीको महामन्त्री रहेको दाबी गरेका छन् । पार्टीबाट कारबाहीमा परेको दोस्रो दिन पत्रकार सम्मेलन गर्दै ढकालले राजनीतिक दलको ऐनअनुसार आफूलाई कारबाही गर्न नमिल्ने बताए ।
उनले भने, ‘अहिले पनि रास्वपाको महामन्त्री छु, मलाई रवि लामिछाने क्लबबाट हटाइएको हो, राजनीतिक दलको ऐनअनुसार मलाई कारबाही गर्न मिल्दैन ।’रवि लामिछाने क्लबले पार्टी कब्जा गर्दा आफू पार्टीबाट निकालिएको बताए । पार्टी बनाउन पार्टीले नै निर्णय गर्नुपर्ने उनको भनाइ छ । तर, अहिलेसम्म रवि लामिछाने क्लबले निर्णय गरिरहेको उनको आरोप छ ।







