संसदीय सुनुवाइ विशेष समितिले समानुपातिक समावेशी सिद्धान्तको आधारमा राजदूत सिफारिस गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले समानुपातिक समावेशी सिद्धान्तसमेतको आधारमा राजदूत सिफारिस गर्न भनेको छ।

समिति सभापति ईश्वरीदेवी न्यौपाने नेतृत्वको समितिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम समानुपातिक सिद्धान्तको आधारमा समावेशी र गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले सरकारबाट राजदूत नियुक्तिका लागि सिफारिस हुँदा संसदीय सुनुवाइ समितिको कार्यविधिको दफा ३ को उपदफा २ र राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ को दफा ३ को खण्ड ६ बमोजिम सम्बन्धित उम्मेदवार वा व्यक्तिको योग्यता लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रमाणित कागजात एकैसाथ राख्न पनि भनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय