काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। माल्दिभ्सभा शनिबार राति भएको फाइलनमा उज्बेकिसतानको हुमो भलिबल क्लबलाई ३–०को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो।

मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले पहिलो सेट सहजै २५–१६ ले जित्यो। दोस्रो सेट र तेस्रो सेटमा हुमोले पुलिस क्लबलाई टक्कर दिएको थियो। पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले पराजित गरेको हो।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो। लिग चरणमा पाँचवटै खेल जित्दै शीर्ष स्थानमा रहँदै पुलिस फाइनल पुगेको थियो। यता, हुमो क्लब लिगमा दोस्रो भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय