अमेरिकामा नेपालीहरुबीच भलिबल प्रतियोगिता हुने भएको छ। गैरआवसीय नेपाली संघ न्यू ह्याम्पशायर च्याप्टर अमेरिकाले ‘न्यू इंग्ल्यान्ड’ अन्तर राज्य भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

एनएचटिआई कन्सर्ड, न्यू ह्याम्पशायरमा सेप्टेम्बर २८मा आयोजना हुने प्रतियोगिताका आयोजकले टिम दर्ताका लागि आव्हान गरेका छन्। ३५० डलर तिरेर सेप्टेम्बर १८ सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ।

प्रतियोगिता सेप्टेम्बर २८ मा बिहान ९ बजेबाट सुरु भइ बेलुका ७ सम्म चल्ने बताइएको छ।

प्रतियोगितको विजेताले २५ सय अमेरिकी डलर प्राप्त गर्ने छ भने उपविजेताले १५ सय डलर पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय