सलोन–सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ।

निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।

निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ।

फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ। सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ।

फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन्। फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन्। फिल्मको छायांकन असोज ११ गतेदेखि काठमाडौंबाट सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय