नेपाल क्रिकेट संघ (क्यान) नेपाल सुपर लिग (एनपिएल)का लागि मार्की खेलाडी सार्वजनिक गरेको छ।

आफैंले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज टि–२० लिग एनपिएलका लागि शुक्रबार ८ मार्की खेलाडी छनोट गरेको हो।

जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, पूर्वकमप्तान सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, सिनियर फास्टबलरद्वय सोमपाल कामी र करण केसी छन्।

यस्तै, ओपनरद्वय कुशल भुर्तेल, आसिफ सेख तथा अलराउन्ड कुशल मल्ल पनि मार्की खेलाडीका रुपमा छनोट भएका छन्।

८ मार्की खेलाडी छनोट गरिएपनि उनीहरुको टिम भने घोषणा गरिएको छैन।

नेभेम्बर ३० देखि २१ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर गरी ८ टिम सहभागी हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय