अखिल नेपाल फुटबल संघ एन्फाको सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ।

एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिव २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएकोले नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको हो।

यसैगरी नयाँ रंगाशाला निर्माण गर्न २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र उक्त रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसंग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन पनि गरिएको छ।

यसैगरी साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रीज्यू र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ।

दशरथ रंंगशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ।

यस्तै, एन्फाले महिला तथा पुरुष तर्फको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कारबाट पुरस्कृत गर्ने तथा उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटरबाट र लाईफ टाईम एचिभमेन्ट अवार्ड ५ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरेको छ।

उत्कृष्ट खेलाडी, रेफ्रि तथा प्रशिक्षक छनौट गर्न निम्न अनुसार छनौट समिति गठन गर्ने निर्णय गरएको छ। समितिको संयोजकमा पुरुषोत्तम थापा छन् भने सदस्यहरुमा हरि खड्का र सञ्जीव मिश्र रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय