नेकपा एकीकृत समाजवादीमा पदाधिकारीका लागि भएको निर्वाचनमा महिला उपाध्यक्षतर्फ रामकुमारी झाँक्री पराजित भएकी छिन्।
मगलबार राति भएको निर्वाचनमा उनी जयन्ती राईसँग पराजित भएकी हुन्।
एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक महिला उपाध्यक्ष राखेको थियो। जयन्ती पहिले पनि उपाध्यक्ष थिइन्।
जयन्तीले १८९ मत ल्याउँदा रामकुमारी झाँक्री ११२ मत ल्याएकी थिइन्।
मत परिणाम अनुसार मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र झाले १४४ मत पाए।
पदाधिकारीका लागि मंगलबार निर्वाचन भएको थियो। मतगणना गए राति सुरु भएको थियो।







