रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेकखर्क गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ। शनिबार राति भीषण वर्षासँगै आएको पहिरोले लेकखर्कका ५ वटा घर बगाएको थियो।

पहिरोमा परी ३० वर्षीया चण्डिका थापामगर, उनका १८ महिने छोरा आमस, ४० वर्षीया उर्मिला पहरी, १७ वर्षीय सन्दीप पहरी, १८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको मृत्यु भएको छ।

चण्डिकाको घरबाट १० वर्षीया अन्जना पहरीलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

सो पहिरोमा परी अझै ४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ। वेपत्ता हुनेमा ७५ वर्षीय फडके पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी छन्।

पहिरोका कारण लेकखर्कका ३० बस्ती जोखिममा रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय