ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनका लागि सागर पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले आफ्ना एजेण्डाहरू सार्वजनिक गरेको छ।

यहीँ भदौ १७ गते सम्पन्न हुन गइरहेको (टान) को निर्वाचनका लागि पाण्डे नेतृत्वको प्यानलले २२ बुँदे एजेण्डाहरू सार्वजनिक गरेको हो।

जसमा दान अक्षयकोषको स्थापना गरिनुका साथै पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी गरिने एजेण्डा रहेको छ। साथै पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने समेत एजेण्डा छ।

यसैगरी टिमको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने समेत एजेण्डामा उल्लेख गरिएको छ। यस्तै नियन्त्रित पदमार्गको अनुमति सहजीकरण गरिने, कर सम्बन्धी समस्या समाधान गरिनुका साथै पर्यटक सवारी साधन खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरि कार्यान्वयन गराइने एजेण्डा रहेको छ।

वैकल्पिक पदयात्रा मार्गको डीपीआर तयार गरिनेसमेत जनाइएको छ । साथै पदमार्गको प्रचार प्रसारलाई प्राथमिकता दिइने एजेण्डा छ।

पाण्डे नेतृत्वको प्यानलले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रुपमा उठान गरिने जनाएको छ । पर्यटन ऐनलाई समय सापेक्ष बनाइनुका साथै एक्सपेरियन्सल दुरिजमको विकास गरिनेसमेत जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्सहरू सञ्चालन गरिने समेत एजेण्डा रहेको छ।

नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनर्संरचना गर्न पहल गरिने र एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता संस्थाहरुसँग सहकार्य गर्ने समेत एजेण्डा सार्वजनिक गरेको छ।

पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य गरिने तथा पर्यटन सम्बद्ध अन्य संघ संस्थासँग सहकार्य गरिने जनाइएको छ। साथै पर्यटन विकासका लागि नेपाल सरकारका निकायहरूसँग सहकार्य गरिने एजेण्डामा उल्लेख गरिएको छ।

कानूनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना गरिने र पर्यटन बोर्डमा पर्यटन संघ संस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था गरिने एजेण्डा छ।

पाण्डे नेतृत्वको व्यावसायिक एवं साझा प्यानलले टानको विधान संसोधन गरिनुका साथै टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिइने एजेण्डाहरू सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय