बालकृष्ण के.सि.जाजरकोटको कहालीलाग्दो अवस्था फेरि एक पटक उजागर भएको छ। यस क्षेत्रलाई बारम्बार आउने विपत्तिहरूले सधैं पीडामा डुबाउँदै आएको छ केही महिना अगाडि आएको भूकम्पले घरबार विहीन भएका मानिसहरू अस्थायी टहराहरूमा बस्दै आएका थिए। तर दुर्भाग्यवश, ती अस्थायी आवासहरू पनि सुरक्षित हुन सकेनन्। हिजो राति आएको पहिरोले एउटै परिवारका ३जना सदस्यहरूको ज्यान लियो।
जहाँ अनगिन्ती प्राकृतिक प्रकोप सङै , भूकम्पले पुराना घाउहरू थपेको थियो, त्यही ठाउँमा पहिरोले फेरि अनगिन्ती आँसुहरू झार्न बाध्य बनायो।जाजरकोटलाई भूकम्प, पहिरो, र सडक दुर्घटनाहरूले बारम्बार निशाना बनाइरहेको छ। प्राकृतिक र भौगोलिक जोखिमले यो क्षेत्रलाई सधैं त्रासमा राख्छ। यहाँका मानिसहरूले जीवन र मृत्युबीचको संघर्ष निरन्तर गरिरहनुपरेका छन ।
जिल्लाको नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले लालबहादुर परियारकोे अस्थायी टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषेत्तम पाण्डेले मृत्यु हुनेहरुमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिशा परियार र २ वर्षीय शिभम परियार रहेको बताउनुभयो । मृत्यु तीन जना एकै परिवारका सदस्य रहेका छन् ।
जाजरकोटको यो कहालीलाग्दो अवस्था हामी सबैका लागि चेतावनी हो कि यहाँको जीवन कति जोखिमपूर्ण छ। यो क्षेत्रलाई स्थायी सुरक्षा र पुनर्निर्माणको खाँचो छ, जसले यस पीडाबाट मुक्ती दिलाउन सकियोस सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुर देखिन्छ ।







