गोपाल बटाला , नेकपा ( माओवादी केन्द्र) रुकुम (पश्चिम् ) – काठमाडौ सम्पर्क समन्वय समितिको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ।
जिल्ला सम्मेलन भदौ १ गते बागबजास्थित होटल हार्दिकमा हुनेछ। कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हुनेछ।
कार्यक्रममा पार्टीका प्रभावशाली नेता, संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर) लगायतका नेताहरूको उपस्थिति रहने आयोजक रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले जनाएको छ।







