नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजन र सरकारबारे छलफल हुनेछ ।साथै नेपाली काँग्रेस र नेकपा एमालेबिचको सहमतिबारे पनि छलफल हुने बताइएको छ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।







