सहकारीको रकम अपचालनका बिषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले जेलमा रहेका कैदी वन्दीलाई झिकाएर सोधपुछ गरेको छ।
सोमबार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालक हिमालयबिक्रम मल्ल ठकुरीलाई झिकाएर सोधपुछ गरेको छ।
उनीहरुलाई डिल्लीबजार कारागारबाट झिकाएर सोधपुछ गरिएको हो।
यसअघि गत शनिबार पनि कैदी वन्दीलाई झिकाएर सोधपुछ गरिएको थियो। गृह मन्त्रालयसँग समन्वय गरेर कैदीबन्दीसँग सोधपुछ गरिएको जनाइएको छ।







