रुकुम (पश्चिम) विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजना हुँदै आएको ३१ औं चौतारा मेला-२०८२ यस वर्ष २०७८ कार्तिक १० गते उद्घाटन हुने भएको छ। मेलामा खुल्ला पुरुष तथा महिला भलिवल, पुरुष डबल व्याडमिन्टन लगायत विविध खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।
मेलामा घोषित पुरस्कार राशी यस क्षेत्रकै सबैभन्दा ठूला रहेका छन्। खुल्ला पुरुष भलिवलमा प्रथम पुरस्कार रु ३,१५,५५५, द्वितीय रु २,१५,५५५, सान्त्वना पुरस्कार रु ७५,५५५/७५,५५५ तोकिएको छ। खुल्ला महिला भलिवलमा प्रथम रु १,७५,५५५, द्वितीय रु १,२५,५५५, सान्त्वना पुरस्कार रु ४०,५५५/४०,५५५ रहेको छ। पुरुष डबल व्याडमिन्टनमा प्रथम रु ५०,५५५, द्वितीय रु ६५,५५५, सान्त्वना पुरस्कार रु २०,५५५/२०,५५५ तोकिएको छ।
मेलामा स्थानीय सांस्कृतिक नाचहरू प्रस्तुत गरिनेछन् र भव्य सांस्कृतिक महोत्सव पनि सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।
खेलकुद प्रतियोगिताहरू FIVB र WBF का नियम अनुसार खेलाइने छन् भने व्याडमिन्टन YONEX MAVIS 350 Suttles बाट खेलाइनेछ। दर्ता शुल्क पुरुष भलिवल रु १०,०००, महिला भलिवल रु ५,००० र डबल व्याडमिन्टन रु २,००० तोकिएको छ। दर्ता २०८२ कार्तिक ५ गते बेलुकी ५:०० बजे सम्म अनिवार्य छ।
मेलाको आयोजना आठबिसकोट नगरपालिका-९, राडीबजार, रुकुम (पश्चिम) द्वारा गरिनेछ। प्रमुख संयोजक पूर्ण बहादुर परियार, खेलकुद संयोजक कर्ण बहादुर बटाला, अध्यक्ष थोमस विक्रम शाह लगायत अन्य समिति सदस्यहरूले सबै खेलप्रेमी र सहभागीलाई सहभागिता जनाउन आग्रह गरेका छन्।
यस वर्ष मेलामा घोषित पुरस्कार राशी क्षेत्रकै सबैभन्दा ठूला भएका कारण खेलाडीहरूका लागि यो अवसर विशेष महत्वको रहेको छ।







