नेकपा माओवादी केन्द्रले १० वर्षे जनयुद्धलाई ‘हिंसा’ शब्दको रूपमा परिभाषित गरेकोप्रति आपत्ति जनाएको छ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले सत्तारूढ सांसदहरूले प्रयोग गरेको हिंसा शब्दले जनताको त्याग र बलिदानलाई अपमानित गरेको बताए।

‘माननीयज्यूहरुले प्रयोग गर्नुभएको हिंसा शब्दलाई असंसदीय शब्दका रुपमा नभएर जनताको त्याग र बलिदानीलाई अपमान गर्ने अपमानित शब्दका रुपमा हामीले लिएका छौं’ उनले भने, ‘यसलाई केवल शब्दका रुपमा मात्र नभएर नेपाली क्रान्तिको समग्र प्रक्रियालाई तोडमोड गर्ने प्रयासका रुपमा हामीले लिएका छौं।’

सांसद बस्नेतले सभामुखको रूलिङलाई समेत मानेको भन्दै संसदमा सभामुख देवराज घिमिरेलाई निष्पक्ष भूमिका देखाउन आगह समेत गरे।

हिंसा शब्द प्रयोग सांसदहरुको व्यक्तिगत अथवा दलगत भएको प्रष्ट पार्न समेत माग गरे। उनले भने, ‘यो भनाइ माननीय ज्यूहरुको व्यक्तिगत विचार हो? वा दलको विचार हो? वा सरकारको बुझाइ हो? हाम्रो दलले स्पष्टताको माग गर्दछ र सच्याउन माग गर्दछ’, उनले भने।

साथै उनले प्रधानमन्त्रीको विदेश भ्रमण, केही महत्वपूर्ण विधेयक पारित लगायत कार्यसूची अगाडि बढाउन प्रतिनिधि सभा बैठकको अवरोध हटाएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय