सन् २०२४ को अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक आगमन बराबरी संख्यामा भयो । समान्यतया अन्य महिनामा भारतीयको आगमन अन्य मुलुकको तुलनामा दोब्बर हुने गरेको थियो । तर, हवाइ भाडा बढेपछि भारतीय पर्यटकहरूको संख्यामा भारी गिरावट आएको छ ।

नेपाल पर्यटन बोर्डले मनसुनजन्य घटनाका कारण भारतीय पर्यटकको आगमन कम भएको बताएको छ । तर, सडक मार्गबाट आउने भारतीयलाई नेपालले पर्यटकको रूपमा गणना गर्दैन । जहाज चढेर आउने भारतीय पर्यटकको मात्र गणना हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय