सहकारीमा ठगिएका पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुग्लिनमा नाराबाजी र प्रदर्शन गरेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा रास्वपाको सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर बाहिरिनेक्रममा सहकारी नाराबाजी र प्रदर्शन गरेका हुन्।
पीडितले कालो ब्यानर र कालो झण्डा देखाउँदै लामिछानेविरुद्ध नाराबाजी गरेका हुन्। पीडितले कालोझण्डा र ब्यानर देखाएर नाराबाजी गरेपछि प्रहरीले लामिछानेलाई सुरक्षित रुपमा कार्यक्रमस्थलबाट बाहिर ल्याएको छ।
पीडितले ‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’ ‘श्रमजीवी जनताको पैसा खान पाइँदैन, गरिब मार्न पाइँदैन’, ‘सहकारी पीडितलाई न्याय दे, ‘सहकारीको पैसा फिर्ता गर’ जस्ता नारा लगाउँदै लामिछानेविरुद्ध आक्रोश पोखेका थिए।







