नेपाल समूह विजेताका रुपमा घरेलु मैदानमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको समूहको अन्तिम खेलमा श्रीलंकामाथि ६–०को फराकिलो जित निकाल्दै नेपाल समूह बीको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

योसँगै नेपालले समेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको छ। समूह बीमा अपराजित रहेको नेपाल २ जित र १ बराबरीसहित ७ अंक जोड्दै समूह विजेता बनेको हो। भारत समूह एको उपविजेता हो।

समूह बीमा नेपालसँगै समान ७ अंक जोडेको भुटान गोलअन्तरमा पछि पर्दै उपविजेताका रुपमा सेमिफानल पुगेको छ। उसले सेमिफाइनलमा समूह एको विजेता तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्ने छ।

समूह रचणमा नेपालले ३ खेलमा १७ गोल गर्दा कुनै पनि गोल खाएन भने भुटानले पनि १७ गोल नै गर्दा १ गोल खाएको थियो।

नेपाललाई सानदार जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन् भने सावित्रा भण्डारी, सविता रानामगर, अमिसा कार्की र रश्मीकुमार घिसिङले समान १ गोल गरे। नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल गरेको थियो।

श्रीलंकाविरूद्ध दुई गोलसँगै रेखाले आफूलाई गोल्डेन बुटको दाबरेदारीमा अगाडि राखेकी छिन्। उनले भुटानकी देकी लाजोमसँगै समान ७ गोल गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय