प्रधानमन्त्री केपी ओलीले १० वर्षे द्वन्द्वलाई नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुंगो लगाउँदै आएको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोनध गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको काम विश्वका लागि नमुना भएको बताए। उनले

प्रक्रियापश्चात् पृथकताको सोच बोकेका अनेक समूहलाई शान्ति, लोकतन्त्रको पक्ष र राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएको बताए।

‘यो मौलिक छ र हाम्रो आफ्नै प्रयासबाट अघि बढेको छ। शान्ति प्रक्रियाको अन्य तमाम कुरा कहिले तीब्र, कहिले धिमा गतिमा समाधान हुँदै आएको छ, दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया द्वन्द्व व्यवस्थापनको काम भएको छ,’ उनले भने।

उनले टीआरसी विधेयक पीडित मैत्री बनाएर द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन व्यवस्थापन हुने बताए। पीडितलाई केन्द्रमा राखेर विधेयक आएकाले प्रतिनिधिसभापछि लगत्तै राष्ट्रियसभाबाट पनि पारित हुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय