लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्। सोमबार दिउँसो कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित आचार्यले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद भए पुग्छ । लुम्बिनीमा पहिलो पटक ठूला दल एमाले र कांग्रेसको सरकार बनेको छ।

कानूनमा स्नातकतह उतीर्ण आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री, एमाले–माओवादी गठबन्धनमा एमाले दल नेता लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकास मन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्व सरकारमा आर्थिक मामिला तथा कानून मन्त्री थिए ।

अर्घाखाँची निर्वाचन क्षेत्र १ ९क० बाट निर्वाचित सांसद् हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय