आईसिसी विश्वकप लिग–२मा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। यसअघि ८ खेलमा १ जित मात्र निकालेको नेपाल तेस्रो सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भयो।

डलासस्थित ग्रान्ड पेरी क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो। उसका लागि ओपनर शायन जहाजिंगरले शतकीय पारी खेले। उनले ९७ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०४ रन बनाए।

यस्तै, कप्तान मोनांक पटेलले ७६ बलमा ६२, हरमित सिंहले ४४बलमा ५७, शाड्लीले २९ रनको योगदान दिए।

बलिङमा नेपालले ९ बलर प्रयोग गरेको थियो। जसमा कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल अन्तिम बलमा २८६ रनमा अलआउट भएको थियो।

खेलमा नेपाललाई अनिकुमार साह र आसिफ सेखले उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुई पहिलो विकेटका लागि १५.४ ओभरमा ९८ रनको साझेदारी गरेका थिए। तर, मध्यक्रममा सुस्त गतिमा रन बनाउँदा नेपालले ३ सय रनको आँकडा पार गर्न सकेन।

नेपालका लागि कप्तान रोहितले ९६ रन बनाए। उनले ७५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै, अनिलले ६२ बलमा ५ चौका मद्दतमा ५६ रन बनाउँदा आसिफले ५३ बलमा ७ चौका र १ छक्का मद्दतमा ५२ रन बनाए।

यस्तै, आरिफ सेखले ४५ बमला ३७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १३, कुशल भुर्तेलले ११ रनको योगदान दिए।

बलिङमा अमेरिकाका नोस्थुस केन्जिगेले ४ विकेट लिए भने सौरभ नेत्रवाल्करले २ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय