सहकारको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद थप भएको छ।
कास्की जिल्ला अदालतले लामिछानेलाई थप अनुसन्धानका लागि प्रहरीलाई ४ दिन म्याद दिएका हो। प्रहरीले भने लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न अनुमति मागेको थियो।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछाने एक महिना २१ दिनदेखि थुनामै छन् । लामिछानेलाई अनुसन्धानका लागि अदालतबाट पटक पटक म्याद थप भएको छ।
सहकारी रकम अपचलन प्रकरणमा लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ।