रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या भएको छ।

गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवश्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो। उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको रौतहट प्रहरी उपरीक्षक घिमिरेले बताए।

धारिलो हतियार प्रहार गरी महतो हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको उनले जानकारी दिए। घटनाका बारे आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय