रुकुम पश्चिमका क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले महासंघका साधारण सदस्यहरु र जिल्लामा क्रियाशिल ६५ जना पत्रकारहरुलाइ दुर्घटना बिमा गरेको हो ।

शिखर ईन्सोरेन्स कम्पनी लिमिटेडमा प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले एक करोड ६० लाख बरारबरको बिमा गरिएको हो । यस कार्यले जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई कामका लागि प्रोत्सान हुने विश्वास लिईएको अध्यक्ष केसीले जनाउनुभयो । नयाँलाई पत्रकारितामा आकर्षण र क्रियाशिल पत्रकारहरुलाई यस पेशामा टिकाउनको लागि शाखाले दुर्घटना बिमाको कार्यक्रम अघि सारेको जनाएको छ ।

पोलिसि हस्तान्तरण कार्यक्रममा शिखर ईन्सोरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख भद्रबहादुर खड्काले पत्रकारहरुको दुर्घटना बिमाको कार्य अत्यन्तै प्रशंसनिय रहेको बताउनुभयो । उहाँले पछिल्लो समय घर बिमा, सम्पती बिमा, मोटर बिमा, बाली बिमा, पशु बिमा, स्वास्थ्य बिमाको कार्य भईरहेको समेत जानकारी दिए ।

दुर्घटना बिमा शुल्क बापतको रकम बाँफिकोट गाउँपालिका वडा नम्वर ६ मग्मा घर भई हाल अमेरिकामा रहनुभएका गोर्ख कुसारीले सहयोग गर्नुभएको हो । गत वर्ष पनि महासंघले जिल्लाका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय