रुकुम पश्चिमको आठविसकोट नगरपालिका –१४ माझगाउँ ज्यामिरकोटमा रहेको बालहित आधारभूत विद्यालयमा बनाईएको अस्थायी सिकाइ केन्द्र पहिरोले भत्काएको छ ।

बिहिबार रातीको बर्षासँगैको पहिराले विद्यालयको दुई कोठे सिकाइ केन्द्र भत्किनुका साथै लाखौ मूल्य बराबरका सामाग्रीमा क्षती पुगेको छ । विद्यालयमा प्रधानाध्यापक यमुना मल्लका अनुसार पहिरोले अस्थायी टहरा भत्काउँदा कक्षाकोठाका डेस्क बेन्च र निर्माणाधिन विद्यालय भवनको लागि जम्मा गरिएका सामाग्रीहरुमा क्षती पुगेको छ । 

प्रधानाध्यापक मल्लले ४० थान डेस्क र बेन्च, सिमेन्ट, चार बन्डल म्याट, दुई वटा शौचालयका सामाग्री, चार कोठे भवन निर्माणको ढलानका लागि तयार गरिएका सबै सामाग्री पहिरोले बगाएको बताउनुभयो । उहाँले रातमा पहिरो गएकोले कुनै पनि सामाग्री जोगाउन नपाएको बताउनुभयो । दिनमा बालबालिका पढाउने र विद्यालय छुट्टिपछि पानीबाट जोगाउन भवन निर्माणका सामाग्रीहरु अस्थायी सिकाइ केन्द्रमा राख्ने गरिएको थियो । 

गत वर्षको कार्तिक १७ गतेको भूकम्पले यस बिद्यालयको दुई वटा भवनमा क्षती बनाएपछि अस्थायी टहरामा राखेर पठनपाठन हुँदै आएको थियो । प्रधानाध्यापक मल्लका अनुसार शिशु कक्षा देखि कक्षा तीन सम्म सञ्चालित यस विद्यालयमा ६६ जना बालबालिाकाहरु अध्ययनरत छन् ।

पठन पाठन हुने अस्थायी सिकाइ केन्द्र नै पहिरोले बगाएपछि पठनपाठनको लागि समस्या हुने उहाँको भनाई छ । केहि समयलाई स्थानीयको घरको कोठा भाडामा लिएर कक्षा सुरु गर्ने र सहयोगी निकायसँग भवन निर्माणको लागि अनुरोध गर्ने प्रधानाध्यापक मल्ललेको भनाई छ । 

लगातारको बर्षा र पहिरोको कारण माझगाउँ नै जोखिममा रहेको छ । गाउँ भन्दा माथिल्लो क्षेत्रमा डोजर चलाएर खोलिएको बाटोको कारण गाउँका करिब ६० घर नै जोखिममा रहेका छन् । स्थानीयका अनुसार माझगाउँ – पोख्रे सडक गाउँमाथिबाट खनिएको छ । जसको कारण गाउँ नै पहिरोको जोखिममा रहेको छ ।

पहिरोको कारण गाउँमा बनाईएका भूकम्प पीडितकाअस्थायी टहराहरुमा समेत क्षती पुगेको बताईएको छ । क्षतीको विवरण संकलनका लागि नेपाल प्हरी, नगर प्रहरी लगायतेको टोली गाउँमा आईपुगेको वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय