काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। दुवै पार्टीबीच भएको सहमतिअनुसार केही निर्वाचन क्षेत्रमा एक अर्काका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो।

सहमति पत्र अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले पश्चिम रुकुममा उम्मेदवार जनार्दन शर्माको तथा पूर्वी रुकुममा उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मार्फत मतदान गर्न सहमति जनाएको छ।

त्यसैगरी, कर्णाली प्रदेशअन्तर्गत हुम्ला र जुम्ला जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले) का उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको उल्लेख गरिएको छ।

दुवै पार्टीले उक्त सहमति कार्यान्वयनका लागि आफ्ना आफ्ना आन्तरिक पार्टी पंक्तिलाई तत्काल निर्देशन दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का तर्फबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय