
बिनोद बटाला रुकुम सम्वाददाता , रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा न ९ मा आज बेलुका अन्दाजी ९:२१ बजे ट्याक्टर दुर्घटना भई चालक त्रिवेणी गाउपालिका वडा न ५ जिवाङ् स्थायी घर भएका अन्दाजी बर्ष २० का नबिन परियारको मृत्यु भएको हो घटना हुना साथ नगर अस्पताल लिएर जादा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो l
आठबिसकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक खडक थापाले जानकारी दिनु भयो l भे १ त ३८९१ नम्बरको ट्याक्टर आठबिसकोट ९ कै वडामा निर्माण हुदै गरेको सडक मर्मतको लागि सिमेन्ट वसारपसार गर्दै गर्दा ट्याक्टर अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल खसेको पाइएको छ !