राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सिंहदरबारमा आयोजित समारोहमा अध्यक्ष दाहालले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मालाई शपथ गराएका हुन्।

विषयगत समितिका सपभातिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ। उनीहरूरले आजै सभापति निर्वाचित भएका हुन्।

अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गरे।

शथप ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू उपस्थिति थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय