अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सत्तामा आएमा मुद्रास्फीति नियन्त्रण गर्ने र देशलाई आर्थिक रूपमा सक्षम बनाउने घोषणा गरेका छन्।

रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले पेन्सिल्भेनियामा एक सार्वजनिक ¥यालीलाई सम्बोधन गर्दै भ्रष्टाचार उन्मूलन गर्ने र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दाबी गरे।

‘हामी मुद्रास्फीतिलाई पराजित गर्नेछौं र अमेरिकालाई फेरि किफायती बनाउनेछौं। सँगै सीमाना सुरक्षित गर्न, अन्तहीन विदेशी युद्धहरू अन्त्य गर्न र अमेरिकाका श्रमिक जनताको सुरक्षा गर्न प्रतिबद्ध हुनेछौं,’ ¥यालीमा सम्बोधन गर्दै ट्रम्पले भने।

यस्तै, ट्रम्पले सरकारी भ्रष्टाचारलाई पराजित गर्न, अभिव्यक्ति स्वतन्त्रता पुनस्र्थापित गर्न आफ्नो ध्यान केन्द्रित हुने पनि बताए।

आफ्नो भावी नीतिहरूबारे बोल्दै ट्रम्पले आफूले देशलाई विश्वको प्रमुख ऊर्जा उत्पादन गर्ने देश बनाउने दिशामा काम गर्ने र जनताको घरायसी बिल ५० प्रतिशतले घटाउने ऊर्जाको लागत घटाउने बताए।

अमेरिकामा जन्मदर बढाउने कुरालाई प्रोत्साहन गर्ने पनि उनले बताए। ट्रम्पले ग्रीन न्यू डिल खारेज गर्ने र ती कोषहरू अमेरिकाको पूर्वाधारमा प्रयोग गर्ने वाचा पनि गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय