बिनोद बटाला रुकुम पश्चिम सम्वाददाता
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिज्युलामा यो वर्ष पनि चौतारा मेला लाग्ने भएको छ।परम्परागत रुपमा लाग्दै आएको चौतारा मेला यो ३०औं संस्करण हो। मेलामा विविध साँस्कृतिक कार्यक्रमसँगै खेलकुद प्रतियोगिताको पनि आयोजना हुनेछ।
परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको यो संस्करण कार्तिक २२ गतेदेखि सुरु हुनेछ। मेलामा विविधि साँस्कृतिक कार्यक्रमसहित खुल्ला पुरुष, महिला पालिका भलिबल प्रतियोगिता आयोजना हुनेछ। भलिबलमा ३ जना बाहिरको खेलाडी राख्न पाइनेछ।
यस्तै, मेलामा ब्याडमिन्टन, घैटोफोर पनि आयोजना गरिने आयोजक समितिका अध्यक्ष दिलिप बटालाले जनाएका छन्। उनका अनुसार मेलामा स्थानीय सिंगारु, मयुर नाँच देखि अन्य सास्कृतिक लोकझाकि पनि देखाइने छ।
पुरुष भलिबलका लागि १० हजार दर्ता शुल्क तोकिएको छ भने महिलाका लागि ८ हजार दर्ता शुल्क तय गरिएको छ। पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३,०३,३३३, २,०२,२२२ र १,०१,१११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष बटलाले बताए। यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो।
यस्तै, महिलातर्फको विजेताले १, ५५, ५५५, दोस्रो हुनेले १,११,१११ र तेस्रो हुनेले ७५,५५५ रुपैयाँ प्राप्त गर्ने गर्नेछन्।
३ हजार दर्ता शुल्क रहेको ब्याडमिन्टनको विजेता, ८० हजार, उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छन। यस्तै, ५ सय दर्ता शुल्क रहेको घैटोफोरको विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। भने सबै पुरस्कारको नियम अनुसार कर कट्टि गरिनेछ।
पुरानो लोक सास्कृतिक झाकी झल्काउने सिङ्गारु नाच, मयुर नाचलगायत अफ्नो कला सास्कृती झल्काउने परम्परागत लोक झाकीलाई विशेष निमन्त्रणासँगै कार्यक्रममा सहभागी हुनेलाई दुरिको हिसाबले ६–१० हजार सम्मा पुरस्कारको ब्यबस्था गरिएको अध्यक्ष बटालाले जनकारी दिए।







