पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको बताएका छन्।

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले उक्त भनाई राखेका हुन्। उनले टीआरसी विधेयकमा सहमतिपछि हजारौं सहिदहरूको सपना पूरा हुने विश्वास पनि व्यक्त गरे।

परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान यात्रामा अघि बढ्ने बाटो पाएको भनाई समेत प्रचण्डले राखे।

संसदमा प्रचण्डले भने, ‘हामी सबैको साझा प्रयासले नै हामी यो ठाउँमा आइपुगेका छौं। यो विधेयक पारित हुँदैगर्दा म कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि सम्झिन्छु । मैले ०६२ सालमा सात दलीय गठबन्धन र उहाँ मेरो साझेदारको रूपमा हुनुहुन्थ्यो।’

कोइरालाले अस्पतालको अन्तिम भेटमा शान्ति प्रक्रियाको बाँकी काम आफ्नो काँधमा रहेको बताएको भन्दै स्मरण पनि गरे। सशस्त्र युद्धका क्रममा घटेको घटनाका दोषी सबैलाई एकमुष्ट आममाफी नदिइने पनि बताए।

‘आममाफी दिँदैनौँ, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कारबाहीको प्रक्रियामा जान्छौँ,’ प्रचण्डले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय